माधव नेपालविरुद्धको उजुरी दरपीठ, उम्मेदवारी यथावत

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार ११:४२

रौतहट । रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ। पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो।

नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै सोही क्षेत्रका अर्का उम्मेदवार रामनरेश राय यादवले दाबी-विरोध पेस गरेका थिए। यादवले आफ्नो उजुरीमा पतञ्जली योगपीठको जग्गा खरिद-बिक्री प्रकरणमा नेपाल संलग्न रहेको र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले उनी उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरेका थिए।

उजुरीमा भ्रष्टाचार निवारण ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न प्रावधानहरूलाई आधार बनाइएको थियो। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले ती आरोपहरू पुष्टि गर्ने ठोस र पर्याप्त प्रमाण संलग्न नभएको ठहर गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुन बमोजिम उम्मेदवारी बदर हुने बलियो आधार नदेखिएकाले उजुरी दरपीठ गरिएको हो। कार्यालयको यो निर्णयसँगै माधवकुमार नेपालको उम्मेदवारी यथावत कायम रहेको छ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.