
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठन गरेको आयोगको कार्यसम्पादन म्याद पुनः थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको म्याद २० दिन थप्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको म्याद दोस्रोपटक थपिएको हो । यसअघि पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद १ महिना बढाएको थियो ।
आयोगले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको तथ्यांक संकलन, जिम्मेवारको पहिचान र सुझावहरु तयार गर्ने जिम्मेवारी पाएको छ । म्याद थपसँगै अरु समय पाएको आयोगले विस्तृत छानबिन र प्रतिवेदन तयार गर्ने अपेक्षा छ ।

























