
काठमाडौं । मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका जगदीश खरेलले प्रतिनिधिसभा चुनाव लड्न राजीनामा दिँदा सरकारमा प्रवक्ताको पद खाली भएको थियो ।
खरेल अब ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । अब गृहमन्त्री अर्यालले आफ्नो मन्त्रालयसहित सरकारमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुपर्ने छ ।

























