मोरङमा २ जनाको उम्मेदवारी रद्द

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार ०७:२३

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा दर्ता भएका २ जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मोरङ क्षेत्र नम्बर ४ र ६ का उम्मेदवारको उम्मेदवारी कानुनी कारण देखाउँदै खारेज गरेको हो । मोरङ क्षेत्र नम्बर ४ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका विनोद परियारको उम्मेदवारी रद्द भएको छ । त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ मा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका महमद जाविरको उम्मेदवारी पनि रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी रद्द हुनुको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन । निर्वाचन कार्यतालिका अनुसार मोरङका ६ वटा निर्वाचन क्षेत्रमा माघ ६ गते उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको थियो ।

उक्त दिन जिल्लाभरबाट जम्मा १ सय १८ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । २ जनाको उम्मेदवारी रद्ध भएसँगै अब उम्मेदवारको संख्या १ सय १६ मा झरेको छ ।

उम्मेदवारी जाँचबुझको क्रममा कानुनी मापदण्ड पूरा नगरेको, आवश्यक कागजात अपूरो रहेको वा अन्य निर्वाचन ऐन तथा नियमावलीअनुसार अयोग्य ठहर भएका उम्मेदवारको उम्मेदवारी रद्द हुने व्यवस्था छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बाँकी उम्मेदवारको अन्तिम नामावली शुक्रबार सार्वजनिक गरिने छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.