पहाडी तथा हिमाली जिल्लामा हिमपात र हिउँदे वर्षा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार ०७:११

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा सुरु भएको छ ।

लामो समयदेखि वर्षा नहुँदा सुक्खा बढ्दै गएको यस क्षेत्रमा भएको वर्षा र हिमपातले मौसममा उल्लेखनीय परिवर्तन ल्याएको छ । कृषकहरूमा आशा जगाएको छ ।

बैतडी जिल्लाका उच्च लेकाली भेगहरू खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ र देहिमाडौँ आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । इन्स्पेक्टर सुरज सिंहका अनुसार वर्षासँगै हिमपात भए पनि हालसम्म मुख्य राजमार्ग र सहायक सडकहरूमा यातायात अवरुद्ध हुने खालको समस्या देखिएको छैन ।

प्रहरी र स्थानीय तहले सडक अवस्थाको निरन्तर अनुगमन गरिरहेको बताएका छन् । यसैगरी दार्चुला जिल्लाको व्यास क्षेत्र र अपिहिमाल आसपासका उच्च भूभागमा पनि हिमपात भएको छ ।

अपिहिमाल क्षेत्रको लेकाली भेग सेताम्मे बनेको स्थानीयले बताएका छन् । डडेल्धुरा जिल्लामा सदरमुकामसहित हगुल्टे, साहुखर्क र भातकाँडा क्षेत्रमा हिमपात भएको छ । कतिपय स्थानमा वर्षा र हिमपात एकैसाथ हुँदा चिसो निकै बढेको छ ।

यो वर्ष सुदूरपश्चिममा पहिलोपटक उल्लेखनीय हिउँदे वर्षा र हिमपात भएको हो । गएको ४ महिनाभन्दा बढी समयसम्म वर्षा नहुँदा गहुँ, जौ, तोरीलगायतका हिउँदे बाली सुक्दै जाने अवस्थामा पुगेका थिए ।

पानीको अभावका कारण बाली राम्रोसँग उम्रन नसक्ने चिन्तामा रहेका किसानहरू वर्षा र हिमपातपछि बाली सप्रिने आशामा खुसी देखिएका छन् । कृषकहरूले यो वर्षा गहुँबालीका लागि विशेष लाभदायी हुने अपेक्षा गरेका छन् ।

हिमपात र वर्षासँगै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चिसोको प्रभाव अत्यधिक बढेको छ । बिहान र साँझको समयमा चिसो हावाका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ ।

स्वास्थ्यकर्मीहरूले अत्यधिक चिसोबाट जोगिन न्यानो लुगा प्रयोग गर्न, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन र अनावश्यक रूपमा चिसोमा नबस्न आग्रह गरेका छन् । मौसमविद्हरूका अनुसार केही दिनसम्म सुदूरपश्चिमका उच्च भू–भागमा मौसम बदली रहने छ ।

छिटपुट वर्षा तथा हिमपातको सम्भावना कायमै रहने पूर्वानुमान गरिएको छ । स्थानीय प्रशासनले हिमपातका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.