नेपाल र साउदी अरबबीच श्रम सम्झौता हुँदै

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १३:५८

काठमाडौँ । नेपाल र साउदी अरबबीच पहिलो पटक आइतबार साँझ औपचारिक श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ। साउदीको राजधानी रियादमा आयोजना हुने विशेष कार्यक्रममा दुई देशबीच नेपाली श्रमिकको भर्ना प्रक्रिया र अधिकारसँग सम्बन्धित सम्झौता हुन लागेको हो।

सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै साउदी अरब पुगेका छन्। उनले साउदीका मानव संशाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजहीसँग उक्त महत्वपूर्ण दस्ताबेजमा हस्ताक्षर गर्ने कार्यक्रम छ। अल–राजहीले सन् २०१८ देखि साउदीको मानव संशाधन मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका छन्।

करिब एक दशकदेखि मस्यौदामा छलफल भइरहेको यो सम्झौताले नेपाली श्रमिकका लागि पारदर्शी भर्ना प्रक्रिया र अधिकारको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ। यसले मुख्यगरी मानव तस्करी रोक्न, श्रमिक र रोजगारदाता दुवैको अधिकारलाई कानुनी रूपमै सम्मान गर्न र अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार श्रमिकको हित रक्षा गर्न मद्दत पुर्‍याउनेछ।

त्यस्तै, सम्झौताले साउदीको श्रम कानुन अनुसार नेपाली श्रमिकको तलबको सुरक्षा, दोहोरो करारपत्रको अन्त्य, अत्यधिक लागत खर्चको नियन्त्रण र म्यानपावर कम्पनीबाट हुने ठगी रोक्ने विषयलाई सम्बोधन गरेको छ। श्रमिकहरूको न्यायमा पहुँच पुर्‍याउने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।

 

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.