रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १४:००

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा उक्त रिटको पेसी तोकिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर, निर्वाचन अधिकृतको कार्यालयले गत बिहीबार उनको उम्मेदवारी खारेज गरिदिएपछि उनी कानुनी उपचारका लागि सर्वोच्च पुगेका हुन्।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीले राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर, माफी पाए पनि अदालतको फैसला र कैदको अभिलेख कायम रहने भन्दै निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेको थियो। निर्वाचन ऐन अनुसार गम्भीर फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधानलाई मुख्य आधार बनाइएको छ।

चौधरीले भने राष्ट्रपतिबाट माफी पाइसकेपछि आफ्नो उम्मेदवारी कायम हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका छन्। उनले शुक्रबार सर्वोच्चमा निवेदन दिएका थिए, जसको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। यसअघि २०७९ सालको निर्वाचनमा पनि बर्दिया–२ बाट उनको उम्मेदवारी यसै गरी खारेज भएको थियो।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.