जग्गा रोक्का विरुद्ध बिर्तामोडका बासिन्दा आन्दोलित: उम्मेदवारलाई प्रवेश निषेधको चेतावनी

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १४:१९

झापा । गिरीबन्धु चिया बगानसँग जोडिएको जग्गा विवादका कारण दुई वर्षदेखि आफ्नो सम्पत्ति रोक्का भएपछि बिर्तामोड बसपार्क क्षेत्रका बासिन्दा चुनावको मुखमा आन्दोलित भएका छन् । सर्वोच्च अदालतको फैसलापछि ५१ बिघा जग्गा रोक्का हुँदा जनजीवन र आर्थिक कारोबार ठप्प भएको भन्दै उनीहरूले राजनीतिक दलका उम्मेदवारलाई बसपार्क क्षेत्रमा छिर्न नदिने चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ५१ बिघे बसपार्क समन्वय समितिले विज्ञप्ति जारी गर्दै आफ्नो माग सम्बोधन नभएसम्म चुनावी अभियान बहिष्कार गर्ने घोषणा गरेको छ । समितिका सहसचिव शिवराज पौडेलले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई भेटेर गुहार मागे पनि आश्वासनबाहेक केही नपाएकाले अब कुनै पनि उम्मेदवारलाई बसपार्क क्षेत्रमा छिर्न नदिने बताए ।

स्थानीयले एमालेका तर्फबाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार एवं निवर्तमान सभामुख देवराज घिमिरेप्रति विशेष असन्तुष्टि जनाएका छन् । घिमिरेले केही महिनाअघि बसपार्कको समस्या एक–दुई दिनमै सुल्झाउने आश्वासन दिए पनि त्यो कुरा व्यवहारमा लागू नभएको स्थानीयको गुनासो छ । सहसचिव पौडेलका अनुसार आफ्नै क्षेत्रका सांसद र सभामुख बनेका घिमिरेदेखि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसम्मको ध्यानाकर्षण गराउँदा पनि कसैले साथ नदिएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको हो ।

२०८० सालमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु चिया बगान प्रकरणमा गरेको फैसलापछि मालपोत कार्यालय झापाले यस क्षेत्रको ११५३ कित्ता जग्गा रोक्का गरेको थियो । विगत १५ वर्षदेखि व्यवस्थित सहरी बस्तीका रूपमा विकास भएको यस क्षेत्रमा करिब ६ सय पक्की घर र व्यावसायिक भवनहरू छन् । जग्गा रोक्का हुँदा बैंकिङ कारोबार, घर निर्माणका लागि नक्सा पास र किनबेच पूर्ण रूपमा बन्द भएको छ । राज्यलाई नियमित कर तिरिरहे पनि आफ्नो सम्पत्ति प्रयोग गर्न नपाउँदा १० हजारभन्दा बढी नागरिक प्रत्यक्ष मारमा परेका छन् ।

मालपोत कार्यालय र स्थानीय प्रशासनले भने यो विषय सर्वोच्चको फैसलासँग जोडिएकाले नीतिगत निर्णयविना फुकुवा गर्न नसकिने बताएका छन् । यता स्थानीयले भने राजनीतिक इच्छाशक्ति भए यो समस्या समाधान हुने दाबी गर्दै आएका छन् । आफूहरू चुनाव विरोधी नभए पनि अस्तित्व र सम्पत्ति नै बन्धक बनाइएपछि मौन बस्न नसक्ने उनीहरूको भनाइ छ । गिरीबन्धु प्रकरणको छायाँमा परेको यो क्षेत्र अहिले मुख्य चुनावी मुद्दा बनेको छ, जसले मतदानको नतिजामा समेत प्रभाव पार्ने देखिएको छ ।

.

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.