सुनसरीमा ९९ केजी गाँजासहित २ जना पक्राउ

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार ११:४९

इनरुवा । सुनसरीको इनरुवामा प्रहरीले ठुलो परिमाणमा अवैध लागू औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पूर्व-पश्चिम सडक खण्डको भोटेपुलमा सवारी चेकजाँचका क्रममा ९९.१ किलोग्राम गाँजा बरामद भएको हो।

अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको टोलीले पूर्वबाट पश्चिम जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई रोक्न खोजेको थियो। तर, अटो नरोकी भागेपछि प्रहरीले पिछा गरेको थियो। पछि अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको सहयोगमा वडा नं. ४ मा अटोलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले अटो चालक धनकुटाको चौबिसे गाउँपालिका–७ बस्ने २५ वर्षीय साजन लिम्बु र सोही ठाउँका १९ वर्षीय गगन लिम्बुलाई पक्राउ गरेको छ। बरामद गाँजा र अटो सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.