हिसान स्पोर्ट्स मिट : कान्तिपुर कलेजलाई क्रिकेटको उपाधि 

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १६, शुक्रबार १९:०३
हिसान स्पोर्ट्स मिट : कान्तिपुर कलेजलाई क्रिकेटको उपाधि 

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्ट्स मिटको क्रिकेट खेलको उपाधि कान्तिपुर कलेजले जितेको छ ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको क्रिकेट खेलमा कान्तिपुरले शिक्षादीपलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

टस जित्दै ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४६ रनको चुनौती प्रस्तुत गरेको थियो । टेकनारायण मण्डलले २५, सत्यमकुमार सडामले २१ रन, शिवम झाले १९ रन र इरफान आलमले १५ रन बनाए । कान्तिपुरका सन्तोष गुप्ता र सुधीर कामतले २–२ विकेट तथा सीताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।

१४७ रनका लक्ष्य पाएको कान्तिपुरले १६ ओभर ४ बलमा ६ विकेट गुमाउँदै विजयी भयो । सोनु दासले ६० र प्लेयर अफ द म्याच सीताराम कामतले ४७ रन बनाए । शिक्षादीपका रोहनकुमार राय  र सुदीप यादवले २–२ विकेट लिए ।

त्यस्तै, फुटबल छात्रातर्फ अर्किड कलेजले जेभियर्स कलेजलाई टाइब्रेकरमा २–१ गोल अन्तरमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । दुवै टोली गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । प्लेयर अफ म्याच अर्किडकी सुस्मिता बस्नेत भइन्  । अर्को खेलमा रेडस्टारले कान्तिपुरलाई ६–० को गोल अन्तरमा पराजित गर्दै फाइनलमा पुग्यो । प्लेयर अफ म्याच सलिजा राई र सुहाना राईले २–२ गोल तथा स्मृति राई र निशा लिम्बूले १–१ गोल गरे ।

फुटबलकै छात्रतर्फ शिक्षा सन्देशले कान्तिपुरलाई सडनडेथमा ६–५ को गोल अन्तरमा हराउँदै फाइनलमा पुग्यो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका मनिष भुजेल भए ।

अर्को खेलमा रेडस्टारले भानुलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । प्लेयर अफ द म्याच रेडस्टारका सौगात राई र सदानन्द मास्केले १–१ गोल गरे ।

त्यसैगरी, भलिबल छात्रतर्फ राष्ट्रनिर्माण कलेजले बुद्ध कलेजलाई सोझो सेटमा हराउँदै फाइनल पुग्यो । खेलको प्लेयर अफ द म्याच राष्ट्रनिर्माणका चन्द्र श्रेष्ठ भए । अर्को खेलमा कान्तिपुरले बालकल्याण विद्या मन्दिर (बिकेभिएम) लाई १८–२५, २५–२० र २७–२५ को सेटमा हराउँदै फाइनल पुग्यो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कृष थारु भए ।

छात्रातर्फ राष्ट्र निर्माणले अरनिकोलाई सोझो सेटमा हराउँदै फाइनल पुग्यो । खेलको प्लेयर अफ द म्याच राष्ट्र निर्माणकी मनिषा तामाङ भइन् । अर्को खेलमा रेडस्टारले शिक्षादीपलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्यो । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी आश्मा लिम्बू भइन् ।

यसैगरी, कबड्डीको पहिलो खेलमा ग्रिनल्याण्डले अर्किडलाई ४६–४४ को अंकमा हराउँदै फाइनलमा पुगेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता भए ।

अर्को खेलमा कान्तिपुरले शिक्षादीपलाई ४६–२७ को अंकमा पराजित गर्दै फाइनलमा पुगेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल भए । प्रतियोगिताका सबै फाइनल खेलहरू शनिबार हुने आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×