विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका युवकको मृत्यु

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार ०८:११
फाइल फोटो ।

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित ३ नं. ढाटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

विराटनगरबाट जोगबनी तर्फ जाँदै गरेको प्र.१-०२-०५२प ९५८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ३ नं. ढाटमा ठक्कर खाँदा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका-५ महुली घर भई हाल कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा कार्यरत ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो ।

गएराति करिब १२:५५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले राति १:२२ बजे उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङ कटहरी गाउँपालिका-५ का ३० वर्षीय धर्मेन्द्र सरदार सामान्य घाइते भएका छन् । उनी मृतक चौधरीसँगै सोही कन्स्ट्रक्सनमा काम गर्ने मजदुर भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.