समानुपातिक अधिकार कुण्ठित नगर्न माग गर्दै महिलाहरूको प्रदर्शन

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १०:२५

काठमाडौँ । संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै ‘महिला अधिकारका लागि दबाब अभियान’ ले काठमाडौँ  विरोध प्रदर्शन गरेको छ। शुक्रबार बिहान माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मी तथा महिलाहरूले नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका थिए।

प्रदर्शनका सहभागीहरूले समानुपातिक निर्वाचन प्रणालीलाई राजनीतिक दलका नेताहरूले दुरुपयोग गरेको भन्दै चर्को विरोध जनाएका छन्। उनीहरूले समानुपातिक सूचीमा देखिएका गल्ती र विसंगतिहरू तत्काल सच्याउन राजनीतिक दलहरूलाई कडा चेतावनी समेत दिएका छन्। नेताहरूले आफ्ना निकटका व्यक्तिहरूलाई प्राथमिकता दिँदा वास्तविक रूपमा पछाडि पारिएका महिला र समुदायको अधिकार खोसिएको उनीहरूको ठहर छ।

संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तको मर्म विपरीत राजनीतिक शक्ति प्रदर्शन भएको भन्दै अभियानले दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। र्‍यालीका क्रममा सहभागीहरूले समानुपातिक प्रणालीलाई नेताहरूको खल्तीको मान्छे भर्ने माध्यम बनाउन नपाइने भन्दै नाराबाजी समेत गरेका थिए।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.