ऐतिहासिक माइबेनी मेलाको तयारी तीव्र

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १६:००

इलाम । इलामको माइजोगमाई–४ स्थित माई र जोगमाई खोलाको दोभानमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्त्वको ‘माइबेनी मेला’ यो वर्ष पनि भव्य रूपमा आयोजना गरिने भएको छ। प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा लाग्ने यस मेलाको तयारीका लागि सनमान लिम्बूको अध्यक्षतामा २१ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा भीमराज लिम्बू, सचिवमा देव विष्ट, सह-सचिवमा चुडामणि गुरुङ र कोषाध्यक्षमा उज्वल देवान चयन भएका छन्। सदस्यहरूमा अमित लिम्बू, अमित राई, सन्तोष लिम्बू, विराज देवानसहित २१ जना छन्। सुगौली सन्धिभन्दा अघिदेखि नै लाग्दै आएको यो मेला धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

माइबेनीमा मकर स्नान गर्ने, भाकल पूरा गर्ने तथा शिवालय धामको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। मेला भर्न नेपालका झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङका साथै छिमेकी देश भारतको दार्जिलिङ, मिरिक, सिक्किम र भुटानबाट समेत ठूलो संख्यामा दर्शनार्थीहरू आउने गर्छन्।

गत वर्ष मेलाबाट संकलित रकम र स्थानीयको श्रमदानबाट यलम्बर पार्क निर्माण तथा शिवालय मन्दिरको रंगरोगन गरिएको थियो। आयोजक समितिका सदस्य अमित राईका अनुसार यो वर्ष पनि मेलाबाट संकलन हुने रकम माइबेनी परिसरकै पूर्वाधार विकास र सामाजिक कार्यमा खर्चिने योजना छ।

मेलामा बालबालिकाका लागि रोटेपिङ लगायतका मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा नामसालिङको सुन्तला र उखुको विशेष व्यापार हुने गर्दछ। व्यापारका लागि झापा, इलाम र भारतका विभिन्न स्थानबाट व्यापारीहरू माइबेनी पुग्ने गर्छन्। खोलामा स्नान गरी कन्दमूल र सेलरोटी जस्ता परिकार खाने परम्पराले मेलालाई थप मौलिक बनाउने गर्दछ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.