विराटनगरमा ३ स्रष्टा पुरस्कृत

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार ११:०८

विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तीन जना स्रष्टाहरूलाई नगदसहित सम्मान गरेको छ। विराटनगरमा आयोजित विशेष समारोहमा भारतको कालेबुङका डा. राजेन्द्र भण्डारीलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो। त्यस्तै, कवि ज्योति जङ्गललाई १५ हजार र युवाकवि रमेशचन्द्र अधिकारीलाई ११ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ भने धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालयलाई सेवा सम्मान प्रदान गरिएको छ।

समारोहमा वरिष्ठ कवि सोमराज अभय, विराटनगर महानगरका मेयर नागेश कोइराला र प्रतिष्ठानका अध्यक्ष प्राडा टंकप्रसाद न्यौपाने लगायतले स्रष्टाहरूलाई पुरस्कृत गरे। कार्यक्रमका प्रमुख अतिथि अभयले बललाई ‘बिम्ववादी कवि’को रूपमा चित्रण गर्दै नेपाली कवितामा उनको बेग्लै पहिचान र उल्लेखनीय योगदान रहेको चर्चा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले कृष्णभूषण बललाई सीमित कृतिबाट व्यापक प्रभाव पार्ने दुर्लभ स्रष्टाका रूपमा स्मरण गरे। उनले बलले वि.सं. २०३५ सालतिरै ‘काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन’ भन्ने कवितामार्फत राजनीतिक दलहरूले भन्दा पहिले नै संघीयताको पक्षमा बलियो वैचारिक दृष्टिकोण राखेको बताए। काठमाडौँमा बसेर मात्र चर्चित भइन्छ भन्ने भ्रमलाई तोडेर बलले विराटनगरमै बसेर राष्ट्रिय पहिचान बनाएको स्मरण गर्दै मेयर कोइरालाले विराटनगर प्रज्ञा प्रतिष्ठानलाई थप व्यवस्थित बनाउने र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

समारोहमा साहित्यकार विवश पोखरेल, चन्द्र भण्डारी, केशव आचार्य लगायतले कृष्णभूषण बलको साहित्यिक विरासत र नेपाली भाषा साहित्यमा उनले पुर्‍याएको अतुलनीय योगदानबारे चर्चा गरेका थिए।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.