प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी अस्पताल भर्ना

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १४:५७

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। स्वास्थ्यमा विभिन्न जटिलता देखिएपछि उनलाई बिहीबार अस्पताल पुर्‍याइएको हो।

सुवेदीमा पिसाबको संक्रमण र शरीरमा नुनको मात्रा कम हुने (सोडियम लेभल घट्ने) जस्ता समस्या देखिएका छन्। उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई रिंगटा लाग्ने समस्या पनि देखिएको छ। यसअघि प्रोस्टेटको शल्यक्रिया गराएका सुवेदीमा अहिले पुनः संक्रमणका कारण स्वास्थ्यमा समस्या आएको बताइएको छ।

हाल उनलाई अस्पतालको क्याबिनमा राखेर विशेषज्ञ चिकित्सकहरूको टोलीले उपचार गरिरहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको अवस्था स्थिर रहेको र थप उपचारका लागि चिकित्सकहरूसँग निरन्तर परामर्श भइरहेको छ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.