मोटरसाइकल ठोक्किए, प्रहरी पुग्दा गाँजा बरामद

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १०:२५

सर्लाही । कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा संलग्न बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकलबाट ४ किलो ७१० ग्राम गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक ३८ वर्षीय हरदास यादव र उनका ७० वर्षीय बुवा अमिन्द्र राय यादव घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

गाँजासहितको मोटरसाइकल चालक रवीन्द्र गिरी दुर्घटनालगत्तै फरार भए पनि प्रहरीले उनलाई मलंगवा–१० बाट पक्राउ गरेको छ। गिरीमाथि लागूऔषध ओसारपसार र सवारी दुर्घटना दुवै मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.