देशभर चिसोको असर, तराईदेखि पहाडसम्मको जनजीवन प्रभावित

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार ०६:२२

काठमाडौं । देशभर चिसोको प्रभाव तीव्र बन्दै गएको छ । विभिन्न स्थानमा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

चिसो बढेसँगै तराईदेखि पहाडसम्मको जनजीवन प्रभावित बनेको छ । तापक्रम लगातार घट्दै गएपछि चिसोजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन् भने सरकारले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार जुम्लामा न्यूनतम तापक्रम माइनस ६.३ डिग्री सेन्टिग्रेड रेकर्ड भएको छ । जुन यस वर्षको सबैभन्दा कम हो ।

विभागको तथ्यांकअनुसार जनवरी ५ सम्म देशको औसत न्यूनतम तापक्रम ४.९ डिग्री सेन्टिग्रेड रहेको छ । हिमाली भेगका अन्य स्थानमा पनि चिसो तीव्र देखिएको छ । जोमसोममा माइनस ४.२ र जिरीमा माइनस १.१ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि चिसो असामान्य रूपमा बढेको छ । शनिबार ४.७ डिग्री सेन्टिग्रेड रहेको काठमाडौंको न्यूनतम तापक्रम आइतबार ४ डिग्री हुँदै सोमबार ३.५ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

मौसमविद् डेबिड ढकालका अनुसार तापक्रम यस दिनको दीर्घकालीन औसतभन्दा कम नभए पनि यस वर्ष हालसम्मकै न्यूनतम हो । काठमाडौंमा यस समयको औसत न्यूनतम तापक्रम २.२ डिग्री सेन्टिग्रेड मानिँदै आएको छ ।

पश्चिमी पहाडी भेगमा पनि चिसो उत्तिकै छ । सोमबार डडेलधुरामा २.१ र दिपायलमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । तराईमा चिसोको प्रभाव क्षेत्रअनुसार फरक देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको तुलनामा पश्चिम तराईमा चिसो धेरै बढेको छ । भैरहवामा न्यूनतम तापक्रम एकैदिन ४ डिग्रीले घटेर ७.४ डिग्री सेन्टिग्रेड पुगेको छ ।

आइतबार त्यहाँ ११.४ डिग्री सेन्टिग्रेड तापक्रम थियो । नेपालगन्ज र घोराहीमा ६.८ तथा धनगढीमा ६.२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम मापन भएको छ ।

यसको विपरीत पूर्वी तराईमा भने केही स्थानमा तापक्रममा सामान्य वृद्धि देखिएको छ । आइतबार १२ डिग्री रहेको विराटनगरको न्यूनतम तापक्रम सोमबार १३.१ डिग्री सेन्टिग्रेड पुगेको थियो ।

झापाको चन्द्रगढीमा पनि १३ डिग्रीबाट बढेर १३.३ डिग्री सेन्टिग्रेड पुगेको छ । जनकपुर र सिमरामा भने तापक्रम झन्डै यथावत् रहेको महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा चिसोसँगै हुस्सु र कुहिरोको प्रभाव बढेकाले दैनिक आवतजावत र स्वास्थ्यमा थप जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन अनुरोध गरिएको छ । चिसो बढ्दै जाँदा देशभर चिसोजन्य रोगका बिरामीको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

विशेष गरी दीर्घरोगी, मुटु र दमका बिरामी, गर्भवती तथा सुत्केरी महिला, वृद्धवृद्धा र साना बालबालिकालाई चिसोबाट जोगाउन आग्रह गरिएको छ । घरभित्र न्यानो वातावरण कायम गर्न, बालबालिकालाई विद्यालय पठाउँदा पर्याप्त न्यानो कपडा र पोषणयुक्त खानाको व्यवस्था गर्न सुझाव दिइएको छ ।

कामकाजी व्यक्तिलाई पनि चिसोबाट बच्ने उपाय अपनाउन र प्रशस्त तातो झोलिलो पदार्थ सेवन गर्दै काम गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । वर्षा नहुँदा काठमाडौंलगायत सहरी क्षेत्रमा चिसोसँगै वायु प्रदूषणको स्तर उच्च रहेकाले मास्क प्रयोग नगरी बाहिर ननिस्कन आग्रह गरिएको छ ।

चिसो र प्रदूषण दुवैले श्वासप्रश्वास र घाँटीसम्बन्धी रोगको जोखिम बढाउने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा मन्त्रालयको जोड छ ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.