सरकारी कागजातमा हुलाक टिकट टाँस्नुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार ११:३५

काठमाडौँ । नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहका क्रममा आम नागरिकले निवेदन वा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने दशकौँ पुरानो व्यवस्थालाई हटाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै अबदेखि सरकारी सेवा लिनका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास अन्त्य भएको जानकारी दिएको हो।

गत मंसिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक अन्य सबै सेवा प्रवाहका प्रक्रियामा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आफ्ना मातहतका सबै निकाय, विभाग र कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यद्यपि, कुनै विशेष ऐन वा कानुनले नै स्पष्ट रूपमा टिकट टाँस्नुपर्ने व्यवस्था गरेको ठाउँमा भने यो नयाँ नियम लागू नहुने मन्त्रालयले प्रस्ट पारेको छ। यसअघि नागरिकहरूले सरकारी कार्यालयमा सामान्य निवेदन दिँदा वा विभिन्न सिफारिस लिँदा न्यूनतम ५ वा १० रुपैयाँको हुलाक टिकट अनिवार्य टाँस्नुपर्ने व्यवस्था थियो। कार्यालय आसपासमा सहजै टिकट नपाइँदा सेवाग्राहीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए।

सरकारको यस निर्णयले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ। साना कामका लागि पनि घण्टौँ टिकट खोज्नुपर्ने बाध्यता हटेपछि सेवाग्राहीहरूले राहत महसुस गर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.