वीरगन्जमा बेलुका ६ बजेसम्म कर्फ्यु कायम रहने

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १३:०७

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लगाइएको कर्फ्यु आदेश पुनः थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षाको अवस्था अझै सामान्य भइनसकेको भन्दै कर्फ्युको अवधि बढाएको हो।

मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ। यसअघि आज दिउँसो १ बजेसम्मका लागि लगाइएको कर्फ्युलाई बेलुका ६ बजेसम्म निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले जानकारी दिए।

सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कर्फ्यु थपिएको प्रशासनको भनाइ छ। सोमबार साँझदेखि सुरु भएको यो कर्फ्यु आदेशलाई सुरक्षा संवेदनशीलताका आधारमा समय बढाउँदै लगिएको छ।

कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र बैठक लगायतका कुनै पनि गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न नगरबासीलाई आग्रह समेत गरेको छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.