मुख्यमन्त्री कार्कीद्वारा ११ सदस्यीय मन्त्रिपरिषद् विस्तार

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १६:०९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार नयाँ मन्त्रीहरू नियुक्त गरिएका हुन्। पुनर्गठित मन्त्रिपरिषद्‌मा मुख्यमन्त्रीसहित ९ जना मन्त्री र २ जना राज्यमन्त्री गरी कुल ११ सदस्य छन्।

पुनर्गठित मन्त्रिपरिषद्‌मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राखेका छन्। मन्त्रीहरूमा प्रदिप कुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुर कुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राम प्रसाद महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। मान बहादुर लिम्बुले स्वास्थ्य मन्त्रालय र इस्राईल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्नेछन्।

राज्यमन्त्रीतर्फ उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र शोभा चेम्जोङलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। यसअघि मन्त्रिपरिषद्‌मा रहेका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीले नयाँ टोलीका साथ सरकारलाई पूर्णता दिएका हुन्। नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.