टी–२० विश्वकप: न्युजिल्यान्डको विजयी सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १५:०२

काठमाडौँ। भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्युजिल्यान्डले सुखद सुरुवात गरेको छ। चेन्नईको एमए चिदम्बरम मैदानमा केही बेरअघि सम्पन्न खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो।

अफगानिस्तानले दिएको १८३ रनको बलियो लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। न्युजिल्यान्डको जितमा टिम शेफर्टले विष्फोटक ब्याटिङ गरे। उनले ४२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे। त्यस्तै, ग्लेन फिलिप्सले ४२ र मार्क चापम्यानले २८ रनको योगदान दिए। डेरिल मिचेल २५ र मिचेल सान्टनर १४ रनमा अविजित रहे।

बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमानले दुई तथा अजमुतल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो। उसका लागि गुलबदिन नइबले आक्रामक अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ६३ रन बनाए। यस्तै, सेदिकुल्लाह अटलले २९ र रहमानुल्लह गुरबाजले २७ रन जोडेका थिए।

न्युजिल्यान्डका बलर लोकी फर्ग्युसनले दुई विकेट लिए भने म्याट हेनरी, रचिन रविन्द्र र जेकोब डुफीले एक–एक विकेट हात पारे।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×