सांकेतिक तस्बिरविराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ। बेलबारी नगरपालिका–११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
बिहीबार साँझ जंगलबाट घाँसदाउरा लिएर फर्कने क्रममा तामाङलाई जंगली हात्तीले अचानक आक्रमण गरेको इलाका प्रहरी प्रमुख राजिव गिरीले जानकारी दिए। तामाङ अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए। खोजी गर्ने क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर भित्र वन क्षेत्रमा उनको शव फेला परेको प्रहरीले बताए।

























