सांकेतिक तस्बिरविराटनगर। इलामको सूर्योदय नगरपालिका–४ उनिउटारमा ५४ वर्षीय दिल कुमार तामाङ मृत फेला परेका छन्।
प्रहरीका अनुसार उनी आफ्नै घर नजिकैको बाटोमा मृत अवस्थामा भेटिएका हुन्। के कारणले मृत्यु भएको भन्ने खुलेको छैन।
घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।

























