तत्कालीन आईजीपी खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १२:४८

काठमाडौं। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। भदौ २३ र २४ गते भएको प्रदर्शन र सो क्रममा भएका उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो राय दिएको हो।

काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाउँदा किशोरहरूको ज्यान गएको घटनामा खापुङको प्रत्यक्ष संलग्नता देखिएको आयोगको निष्कर्ष छ। लेथल हतियार प्रयोग गरी अधिक बल प्रयोग गर्ने आदेश तत्कालीन आईजीपी खापुङले नै दिएको फिल्डमा खटिएका अधिकृतहरूको बयानलाई प्रतिवेदनमा आधार बनाइएको छ। भदौ २३ गते दिउँसो करिब १ बजेतिर खापुङले प्रहरी सञ्चार सेट (वाकीटकी) बाटै “संसद् भवन घेरिसके, के हेरेको? गोली चलाऊ” भन्दै आदेश दिएको खुलेको छ।

आयोगले खापुङसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजाललाई पनि फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ। गृह मन्त्रालयको तथ्याङ्क अनुसार सो प्रदर्शनका क्रममा देशभर ३९ जनाको गोली लागेर मृत्यु भएको थियो भने कुल ७६ जनाले ज्यान गुमाएका थिए।

यस्तै, आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका तत्कालीन अध्यक्षलाई फौजदारी मुद्दा र अन्य पदाधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। अघिल्लो दिन प्रहरीले गरेको अधिक बल प्रयोगकै कारण आक्रोशित प्रदर्शनकारीले भोलिपल्ट विध्वंस मच्चाएको आयोगको विश्लेषण छ। यो प्रतिवेदन सार्वजनिक भएसँगै तत्कालीन राज्य संयन्त्रका उच्च अधिकारीहरूमाथि कानुनी कारबाहीको बाटो खुल्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.