कुकुर मारेको आरोपमा पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १२:३०
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

सुनसरी। सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दासले गत फागुन २४ गते बिहान आफ्नो मकैबारीमा पसेको निहुँमा एउटा सामुदायिक कुकुरलाई लठ्ठीले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएको उक्त कुकुरको केही समयपछि मृत्यु भएको थियो । घटनाबारे परेको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले दासलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरेको प्रहरीले बताए ।

पक्राउ परेका दासमाथि पशुपन्छीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाँच दिनको म्याद थप गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.