
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको मृत्युपछि आँखाको नानी दान गरिएको छ ।
उनको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उनको ९७ वर्षको उमेरमा शुक्रबार (आज) बिहान निधन भएको थियो ।
उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

























