
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे बुबाकाे निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीका बुबा माेहनप्रसादकाे शुक्रबार निधन भएकाे थियाे । ओलीलाई समवेदना प्रकट गर्दै बालेनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’
केही समयअघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको उल्लेख गरेका छन् । ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेखेका छन् ।























