उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १७:३२
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाको सडकमा बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १–०४९–०१ त १३३२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकमा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक चन्द्रवंशीको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.