
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर एक जना महिला घाइते भएकी छन् ।
शिवपुरी–३ की ४१ वर्षीय कान्छीमाया तामाङलाई सिकारीले हानेको गोली छातीमा लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै तामाङलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
तामाङ घाँस काट्नका लागि जंगल गएको र सोही समयमा स्थानीय १७–१८ जना मानिसहरू सिकार गर्न जाँदा चलाएको बन्दुकको गोली लागी घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको २ थान भरुवा बन्दुक र मृगको मासुसमेत बरामद गरेको जनाएको छ।























