
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ आहालेमा घर निर्माणका क्रममा एक कामदारको लडेर मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका घर भई मिक्लाजुङस्थित कृष्ण बुढाथोकीको घरमा काम गर्दै आएका ५७ वर्षीय कुलबहादुर भुजेलको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुजेल शौचालय जाने क्रममा अचानक ढोकामा ठोक्किएर लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालको नेतृत्वमा टोली पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























