
विराटनगर । उदयपुरको त्रियुगामा चट्याङ लागेको एक जना पुरुषको दुवै हात डढेर घाइते भएका छन् ।
त्रियुगा नगरपालिका–१० बाँसबारीका ५५ वर्षीय शेरबहादुर कार्कीको दुवै हात डढेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार राति परेको चट्याङ लागेर कार्कीको दुवै हात डढेर गम्भीर घाइते भएका हुन् । घरमै बसिरहेका कार्कीलाई चट्याङ लागेको हो भने घरमा रहेका लत्ताकपडासमेत जलेर नष्ट भएको छ । चट्याङकै कारण खोरमा रहेका केही बाख्रासमेत मरेका छन् ।
घाइते कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । चट्याङले के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















