झापाको कचनकवलमा कुखुरा फार्ममा आगलागी, ४ लाखको क्षति

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार १५:२९

झापा । झापाको कचनकवल गाउँपालिका-४ खुट्टामुनिमा सञ्चालित एक बोइलर कुखुरा फार्ममा आगलागी हुँदा लाखौँको क्षति भएको छ। स्थानीय जमाल मियाले सञ्चालन गरेको फार्ममा शनिबार दिउँसो सवा १२ बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीबाट फार्ममा रहेका १ हजार ४ सय वटा कुखुराका चल्लासहित दाना, औषधि र अन्य भौतिक सामग्री जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार आगलागीबाट १ लाख ६१ हजार रुपैयाँ बराबरको चल्ला, ७० हजार बराबरको दाना र पानीका बट्टा तथा ६० हजार रुपैयाँ बराबरको बिजुलीको वाइरिङ जलेको छ। त्यस्तै, १३ बोरा दाना, भुस, औषधि र फार्मको टाटीबेरा गरी जम्मा ३ लाख ९७ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ।

घटना लगत्तै पुगेको प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा दिउँसो १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीले फार्म पूर्ण रूपमा क्षति भएपछि व्यवसायी मिया मारमा परेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.