अस्ट्रेलियालाई हराउँदै जापानले जित्यो महिला एसियन कपको उपाधि

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ७, शनिबार १७:०१

जापानले आयोजक अस्ट्रेलियालाई पराजित गर्दै महिला एसियन कप फुटबल २०२६ को उपाधि चुमेको छ। सिड्नीमा भएको सनसनीपूर्ण फाइनल भिडन्तमा अस्ट्रेलियालाई १–० गोल अन्तरले पाखा लगाउँदै जापान तेस्रो पटक एसियाली च्याम्पियन बनेको हो। जापानका लागि खेलको पहिलो हाफमा माइका हमानोले करिब १८ मिटर टाढाबाट गरेको उत्कृष्ट प्रहार नै निर्णायक गोल बन्यो।

प्रतियोगिताभर सानदार प्रदर्शन गरेको जापानले ६ खेलमा कुल २९ गोल गर्दा विपक्षीबाट मात्र २ गोल खाएको थियो। नयाँ प्रशिक्षक निल्स निल्सनको नेतृत्वमा जापानले हात पारेको यो पहिलो ठूलो सफलता हो। जितपछि खुसी व्यक्त गर्दै प्रशिक्षक निल्सनले घरेलु टोली र हजारौँ समर्थकका बीचमा खेल्न चुनौतीपूर्ण भए पनि खेलाडीहरूले उत्कृष्ट धैर्यता देखाएको बताए। उनले केही अवसरमा भाग्यले पनि साथ दिएको भन्दै टोलीको प्रदर्शनप्रति गर्व गरे।

यता, घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको अस्ट्रेलिया भने तेस्रो पटक जापानसँगै फाइनलमा पराजित हुन पुग्यो। यसअघि सन् २०१४ र २०१८ मा पनि अस्ट्रेलिया जापानसँगै स्तब्ध बनेको थियो। खेल सकिएपछि अस्ट्रेलियाली खेलाडी र समर्थकहरू निकै भावुक देखिएका थिए। जापानले यस जितसँगै एसियाली महिला फुटबलमा आफ्नो बलियो साख पुनः पुष्टि गरेको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×