
काठमाडौं । बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१ ‘रेक्टर स्केल’ को भूकम्प गएको हो ।
आजै बिहान ३ः५१ बजेतिर दार्चुला र आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ ‘रेक्टर स्केल’ को भूकम्प गएको थियो ।
यसअघि, गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प जाने गरेको छ।

























