
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ ।
बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया गरेकाे सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
“लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु,” सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् ।

























