मध्यपूर्व तनावले एशियामा ऊर्जा संकट : फिलिपिन्समा संकटकाल, श्रीलंकामा बचत नीति

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ११, बुधबार ११:१९

एजेन्सी । मध्यपूर्वमा बढ्दो युद्ध र होर्मुज जलसन्धि बन्द भएपछि त्यसको प्रत्यक्ष असर एशियाली देशहरूमा देखिन थालेको छ ।

इन्धन आपूर्ति प्रभावित भई मूल्य आकासिएपछि फिलिपिन्सले राष्ट्रिय ऊर्जा संकटकाल घोषणा गरेको छ । श्रीलंकाले ऊर्जा बचतमा कडा उपायहरू लागू गरेको छ ।

Advertisement

फिलिपिन्समा फेब्रुअरी अन्त्यदेखि पेट्रोल र डिजेलको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको छ । खाडी क्षेत्रबाट करिब ९८ प्रतिशत तेल आयात गर्ने यो देशमा अब करिब ४५ दिनलाई मात्र पुग्ने इन्धन मौज्दात रहेको जनाइएको छ ।

संकट व्यवस्थापनका लागि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले एक बर्से संकटकाल घोषणा गर्दै इन्धन खपत घटाउने विभिन्न कदम अघि सारेका छन् । सरकारी कार्यालयमा सातामा चार दिन मात्र काम गर्ने व्यवस्था लागू गरिएको छ भने जल यातायात सेवा पनि घटाइएको छ ।

तर, बढ्दो महँगी र श्रमिक अधिकारमा अंकुश लगाइएको भन्दै मजदुर संगठनहरूले विरोध जनाएका छन् । यातायात तथा राइड सेयरिङ चालकहरूले दुई दिने हड्तालको घोषणा गरेका छन् ।

उता श्रीलंकाले पनि सम्भावित संकटलाई ध्यानमा राख्दै सरकारी कार्यालयहरूमा एसी र लिफ्ट प्रयोग नगर्न, सार्वजनिक यातायात प्रयोग गर्न र सम्भव भएसम्म घरबाटै काम गर्न निर्देशन दिएको छ । ऊर्जा बचतको विभिन्न उपायमार्फत सरकारले संकटको प्रभाव न्यून पार्ने प्रयास गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.