आइपिएलको १९औँ सिजन २८ मार्चदेखि सुरु हुँदै, ८४ खेल खेलिने

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ११, बुधबार १५:२३

हैदराबाद । इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औँ सिजन आगामी २८ मार्चदेखि ३१ मेसम्म आयोजना हुने भएको छ । १० टोलीको सहभागिता रहने यस पटकको सिजनमा कूल ८४ खेलहरू हुनेछन्, जसमा प्रत्येक टोलीले १६–१६ खेल खेल्ने तालिका रहेको छ । उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच बेंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुने तय भएको छ ।

भारतका केही राज्यहरूमा हुने विधानसभा चुनावका कारण हाललाई २८ मार्चदेखि १२ अप्रिलसम्मका २० खेलको मात्र तालिका सार्वजनिक गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआइ) का अनुसार प्रतियोगिताको फाइनल खेल ३१ मेमा बेंगलोरमा हुनेछ । यस सिजनका खेलहरू भारतका १३ फरक सहरहरूमा खेलाइने तयारी छ, जसमा १३ वर्षपछि रायपुरको सहिद भिर नारायण स्टेडियममा पनि आइपिएलका खेलहरू हुने भएका छन् । आरसीबीले यस मैदानलाई आफ्नो दोस्रो होम भेन्यु बनाएको छ ।

यस पटकको आइपिएलमा केही नयाँ नियमहरू पनि लागू गरिएको छ । म्याचको दिन कुनै पनि टोलीले नेट अभ्यास गर्न पाउने छैनन् भने खेलाडीहरूले अनिवार्य रूपमा टोलीकै बसमा यात्रा गर्नुपर्ने छ । अनुशासनलाई कडाइ गर्दै परिवारका सदस्यहरूलाई केवल आतिथ्य क्षेत्रमा मात्र अनुमति दिइएको छ भने मैदान वा डगआउटमा प्रवेश निषेध गरिएको छ । त्यस्तै, ओरेन्ज र पर्पल क्याप विजेताले फिल्डिङको सुरुवाती दुई ओभर अनिवार्य रूपमा क्याप लगाउनुपर्ने नियम बनाइएको छ ।

यस सिजनको अक्सनमा क्यामरुन ग्रिन सबैभन्दा महँगो खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड भारुमा अनुबन्ध गरेको हो । त्यस्तै, भारतीय अनक्याप्ड खेलाडीहरू प्रशान्त वीर र कार्तिक शर्मालाई चेन्नई सुपर किंग्सले १४.२० करोडका दरले भित्र्याएको छ । नेपालमा आइपिएलका खेलहरू कान्तिपुर म्याक्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×