‘मासु’ घाँटीमा अड्कँदा एक जनाको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार ०८:४९

काठमाडौं । डोटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा ५० वर्षीय काले नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आदर्श गाउँपालिका–७ दहकालीकाका नेपाली बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा बेहोस भएका थिए ।

घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.