सम्पर्कविहीन हेलिकप्टर दोलखाको लाप्चामा फेला, सबै ६ जना सुरक्षित

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १९:००
सम्पर्कविहीन हेलिकप्टर दोलखाको लाप्चामा फेला, सबै ६ जना सुरक्षित

काठमाडौं । दोलखाको लाप्चाबाट चरिकोटका लागि उडेपछि केही समय सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित रहेको पाइएको छ । हेलिकप्टरमा सवार चालक दलका एक सदस्यसहित सबै ६ जना नै सुरक्षित रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

बिहीबार (आज) दिउँसो १२ बजेर १७ मिनेटमा लाप्चाबाट उडेको उक्त हेलिकप्टर लाप्चा गुम्बा नजिकै सुरक्षित रूपमा अवतरण गरेको विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट चरिकोटका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर चरिकोट पुगेर पुनः लाप्चा गएको थियो । लाप्चाबाट चरिकोटतर्फ फर्कने क्रममा हेलिकप्टरसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको भए पनि केही समयमै हेलिकप्टर लाप्चा गुम्बा नजिकै सुरक्षित अवतरण गरेको जानकारी स्थानीय निकायमार्फत प्राप्त भएको थियो । हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.