सहकारीद्वारा रक्तदान

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार ११:५६

रंगेली । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको सहकार्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा स्थानीय, बुद्धिजीवी, युवा, सेयर सदस्य तथा बचतकर्ता गरेर २६ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरका अनुसार बिरामीका लागि रगतको अभाव बढ्दै गएको छ ।

पछिल्लो समय विभिन्न रोगका कारण बिरामीको संख्या बढेसँगै रगतको आवश्यकता पनि उच्च रहेको उनले बताए । स्थापनाकालदेखि नै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको सहकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.