नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म भर्ना खुला

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार ०७:४८

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कार्यालयले सूचना जारी गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी जवानसम्मका पदमा भर्ना खुलाइएको जानकारी दिएको हो ।

सूचना अनुसार प्राविधिकतर्फ इन्जिनियरिङ समूहमा कम्प्युटर, सञ्चार, सिभिल, इलेकट्रिकल, बिल्डिङ एन्ड आर्किटेक तथा अटोमोबाइल विधामा आवेदन माग गरिएको छ। त्यसैगरी, विधि विज्ञान (फरेन्सिक) अन्तर्गत बायोलोजी र रसायन तथा स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए लगायतका पदमा समेत भर्ना खुलाइएको छ।

प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकलाई तोकिएको समय सीमाभित्र आवश्यक कागजातसहित आवेदन दिन नेपाल प्रहरीले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.