युवकको हत्या आरोपमा युवतीसहित ३ जना पक्राउ

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १२:५६

दाङ । दाङको राप्ती गाउँपालिका-४ गोपीनालामा बिहीबार राति भएको एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बंगलाचुली निवासी २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र सोही ठाउँकी १८ वर्षीया आकृति बुढा रहेका छन्।

बिहीबार राति राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी १६ वर्षीय स्मित प्रधानको हत्या गरी गोपीनालाको दोलाईखोला नजिकै नालामा फालिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा प्रधानका साथी १६ वर्षीय आयुष्मान थापा घाइते अवस्थामा भेटिएका थिए। घाइते थापाको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार भइरहेको र उनी हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आयुष्मान थापा मगरलाई ‘देवीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नाम गरेको फेसबुक म्यासेन्जर आइडीबाट भेट्न आउनु भनी बोलाइएको खुलेको छ। सोही निम्तोका आधारमा उनीहरू बिहीबार राति ८ बजे घरबाट निस्किएका थिए। प्रहरीले घटनाको थप कारण र संलग्नताका बारेमा विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.