झापाको भद्रपुरबाट लागुऔषधसहित ३ जना पक्राउ 

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार ०९:३४
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई शनिबार साँझमा पक्राउ गरेको छ ।  झापाको बिर्तामोड नगरपालिका–८ गरामनीका २८ वर्षीय किरण श्रेष्ठ, सोही ठाउँका २८ वर्षीय अभिषेक लिम्बू र मोरङको लेटाङ नगरपालिका–५ का २५ वर्षीय सरोज थापालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

झापाको सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्रर्याउनेविरुद्ध प्रहरीले आफ्नो सक्रियता बढाएसँगै ठुलो परिमाणको ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका हुन् ।

भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजार क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका तीन जनालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा श्रेष्ठको साथबाट २ ग्राम ६० मिलिग्राम, लिम्बूको साथबाट १ ग्राम १७० मिलिग्राम र थापाको साथबाट १ ग्राम ४६० मिलिग्राम गरी उनीहरूको साथबाट कुल ४ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । सीमा नाकामा प्रहरीले चेकजाँचमा कडाइ गरेपछि पछिल्लो समय लागुऔषध ओसारपसार गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.