
काठमाडौं । सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लागेपछि पक्राउ परेका कलाकार सागर लम्साल‘बले’लाई प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । युवतीको आरोपछि बलेलाई पक्राउ गर्न सामाजिक सञ्जालमा आवाज उठेको थियो । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, उनीविरुद्ध प्रहरी किटानी जाहेरी परेको छैन ।
किटानी जाहेरी नपरेका कारण हिरासतमा राख्नका लागि अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।

























