एसईईः सुनसरीमा नक्कली परीक्षार्थी पक्राउ

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १४:०२
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

सुनसरी। सुनसरीको भोक्राहानरसिंह गाउँपालिकामा सञ्चालन भइरहेको एसइईमा अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।

मंगलबार बिहान १०:१५ बजेको समयमा भोक्राहानरसिंह–४ स्थित पृथ्वी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सामाजिक विषयको परीक्षा चलिरहँदा अनुगमन टोलीले उनलाई फेला पारेको हो।

जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको टोलीले अनुगमन गर्ने क्रममा जामिआ इसलामिया विद्यालयमा अध्ययनरत परीक्षार्थी सलमा अजहर, सिम्बल नम्बर ०१००९५२६–एक्स को बदलामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानोलाई नियन्त्रणमा लिएको छ। नक्कली परीक्षार्थी बानो सोही गाउँपालिका–४ की बासिन्दा हुन्।

परीक्षा हलमा शङ्कास्पद अवस्थामा भेटिएकी उनलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकी बानोलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ। प्रहरीले यस घटनाबारे थप खोजी कार्य भइरहेको बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.