सञ्चारकर्मी तिमल्सिना पक्राउ, पूर्वपत्नीले दिइन् जाहेरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २४, मंगलबार १४:४१

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। तिमल्सिनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

उनीविरुद्ध पूर्वपत्नी तथा पूर्व मिस नेपाल उषा खड्गीले अभद्र व्यवहार, धाकधम्की तथा कुटपिटको प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो।

Advertisement

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार छलफलबाट विवाद नटुंगिएपछि कानुनी कारबाहीका लागि तिमल्सिनालाई नियन्त्रणमा लिइएको हो।

लामो समयदेखि व्यक्तिगत विवादमा रहेका यो जोडीको सम्बन्ध विच्छेद भइसकेको भए पनि पछिल्लो समय खड्गीले सुरक्षाको खतरा देखाउँदै कानुनी उपचार खोजेकी हुन्। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.