झापाबाट नवराज भट्टराई पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार ०७:३७
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 

झापा । झापाको कमल गाउँपालिका–६ का २४ वर्षीय नवराज भट्टराई पक्राउ परेका छन् । प्रहरीले उनलाई मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

लागुऔष्ध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले पैदल नै हिँडिरहेका बेला भट्टराईलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ६ ग्राम ७५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

भट्टराईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.