‘बले’विरुद्ध अमेरिकामा पनि जाहेरी दर्ता, दुई देशका प्रहरीबीच समन्वयको सम्भावना

Share this
614shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १२:५५

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’विरुद्ध अमेरिकामा औपचारिक रूपमा जाहेरी दर्ता भएको छ ।

बालेबाट बलात्कृत भएको दाबी गरेर अमेरिकामा बसेकी एक युवतीले न्यूयोर्क पुलिस डिपार्टमेन्टमा उजुरी दिएपछि यस प्रकरणले अन्तर्राष्ट्रिय रूप लिएको हो । उक्त जाहेरी दर्ता भएसँगै न्यूयोर्क प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको जनाइएको छ ।

अमेरिकी कानुनअनुसार घटनाको प्रकृति, प्रमाण र पीडितको बयानका आधारमा विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ । स्रोतका अनुसार अब यो प्रकरणमा अमेरिकी प्रहरी र नेपाल प्रहरी बीच समन्वय हुने सम्भावना बढेको छ ।

अमेरिकामा रहेकी युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत ‘बले’माथि बलात्कारको गम्भीर आरोप सार्वजनिक गरेकी थिइन् । उक्त आरोप सार्वजनिक भएसँगै नेपालमा पनि व्यापक चर्चा र विवाद सुरु भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तर, नेपालमा भने अहिलेसम्म बलात्कारसम्बन्धी औपचारिक जाहेरी दर्ता नभएको प्रहरीले जनाएको छ । त्यसैले हाल उनलाई अभद्र व्यवहारसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिएको छ । कानुनी रूपमा गम्भीर प्रकृतिको अपराधमा अनुसन्धान अगाडि बढाउन औपचारिक जाहेरी आवश्यक पर्ने भएकाले नेपालतर्फको अनुसन्धान सीमित दायरामै केन्द्रित रहेको देखिन्छ ।

यसबीच अमेरिकामा दर्ता भएको उजुरीले घटनालाई नयाँ मोड दिएको छ । यदि अमेरिकी पक्षले पर्याप्त प्रमाण संकलन गर्‍यो भने अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया, प्रत्यार्पण वा संयुक्त अनुसन्धानजस्ता विषय पनि उठ्न सक्ने कानुनविद्हरू बताउँछन् । तर, यस्तो प्रक्रिया अघि बढ्न समय लाग्ने र दुवै देशका कानुनी प्रावधान तथा कूटनीतिक समझदारीमा निर्भर रहनेछ ।

प्रकरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ । एकातर्फ पीडितलाई न्याय दिनुपर्ने आवाज उठिरहेको छ भने अर्कोतर्फ प्रमाण र न्यायिक प्रक्रिया पूरा नहुँदै निष्कर्षमा पुग्न नहुने तर्क पनि उत्तिकै सुनिन्छ ।

अहिलेसम्म दुवै देशका सुरक्षा निकायहरूले अनुसन्धान जारी राखेको बताएका छन् । आगामी दिनमा संकलित प्रमाण, बयान र कानुनी प्रक्रियाले यो प्रकरणको दिशा तय गर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.