सुनसरीमा ५ हजार क्याप्सुल प्रतिबन्धित औषधिसहित युवक पक्राउ

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १४:३१
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा बजारबाट प्रहरीले प्रतिबन्धित औषधिसहित १ युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का २१ वर्षीय अबुजल अन्सारी छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको सिभिल टोली र प्रहरी चौकी भुटाहाबाट खटिएको संयुक्त टोलीले अन्सारीलाई बुधबार दिउँसो चेकजाँच गरेको थियो। अन्सारीले चलाएको को ८५ प ५८७० नम्बरको स्कुटरलाई भुटाहा बजारको भद्रकाली अगाडि रोकेर जाँच गर्दा स्कुटरको डिकीभित्र लुकाइराखेको अवस्थामा ५ सय पत्ता (जम्मा ५ हजार क्याप्सुल) प्रतिबन्धित औषधि ट्रामाडोल फेला परेको हो।

कालो रङको दुईवटा प्लाष्टिकको झोलामा प्याक गरी राखिएको अवस्थामा उक्त औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। अन्सारीको साथबाट प्रहरीले एक थान रियलमी मोबाइल, एक थान घडी र एक थान पर्स समेत बरामद गरेको छ।

पक्राउ परेका अन्सारी, उनले प्रयोग गरेको स्कुटर र प्रतिबन्धित औषधिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा राखिएको छ। प्रहरीले यस घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.