जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि धरानबाट पक्राउ

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार ०९:३६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई ९ वर्षदेखि फरार रहेका विश्वजित चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ का २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङलाई ९ वर्षपछि उनलाई बुधबार आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चाम्लिङमाथि धरान–८ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले २०७३ साल भदौ १६ गतेको फैसलामार्फत उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसला लगत्तै उनी फरार भएका थिए। लामो समयदेखि लुकिछिपी बस्दै आएका चाम्लिङलाई विशेष सूचनाका आधारमा पक्राउ गरी आवश्यक कानुनी कारबाही र कैद भुक्तानका लागि जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.